काठमाडौँ / नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालयअन्तर्गतका साना तथा मझौला ऋणीहरूलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्ष्मता अभिवृद्धि तथा उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।
बैंकले आफना ग्राहकहरूको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको पर्वद्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ सूमन शाक्यलाई प्रशिक्षकको रूपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ क्षेत्रमै पहिलो प्रयासको रूपमा रहेको छ ।
फागुन २७ गते इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ऋणी ग्राहकहरूको उपस्थिति रहेको थियो ।




