सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच थप सुविधा प्रदान गर्ने सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच थप सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौँ / सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती)बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ । 

बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्पmत् चेक आउट गर्न सक्नुहुनेछ । 

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि. (खल्ती)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख बिक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे । 

सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम सञ्चालनमा रहेका छन् । 

Read More
  • MBL - below news