विदेशी पर्यटकले समेत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने, भिसा नेटवर्क र फोनपेबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशी पर्यटकले समेत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने, भिसा नेटवर्क र फोनपेबीच सम्झौता

विदेशी पर्यटकले समेत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन । बिहीवार भिसा नेटवर्क र फोनपेबीच भएको एक सम्झौतापछि विदेशी पर्यटकलाई पनि भुक्तानीमा सहज हुने भएको छ ।

सम्झौतासँगै अब भिसा नेटवर्कमा जोडिएका पर्यटकले नेपालमा क्यूआर कोडबाट वित्तीय कारोबार गर्न पाउने छन् । नेपालको फोनपे नेटवर्कले भिसासँग मिलेर क्यूआर भुक्तानीलाई विदेशी पर्यटकको पहुँच पु¥याएको हो ।

 

यसका लागि भिसा इनेबल भएको बैंकिङ एप आवश्यक पर्ने जनाइएको छ । यसका साथै भिसा नेटवर्कको ‘एमभिसा’ एप प्रयोगकर्ताले समेत भुक्तानी गर्न सक्नेछन् । नेपाललाई डिजिटल रुपान्तरणमा लैजान यो सेवाले सहयोग पुग्ने जनाएको छ ।

फोनपेले केही समयअघि खल्ती,प्रभुपे जस्ता स्थानीय भुक्तानी सेवा प्रदायकलाई समेत आफ्नो नेटवर्कमा भित्र्याएको छ ।

Read More
  • MBL - below news