सुर्खेत । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुयाउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदै बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमकाबीच बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु उपस्थित थिए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई धन्यवाद ज्ञापन गरेको थियो ।






