नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी कार्यको लागि ग्लोबल आइएमई क्यापीटल नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी कार्यको लागि ग्लोबल आइएमई  क्यापीटल नियुक्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. ले संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा मिति  २०७८/११/२४ गते काठमाण्डौं जमलमा रहेको होटेल येलो प्यागोडामा आयोजना गरिएको नेष्डो समृद्ध लघुवित्तको सर्वसाधारण तर्फको शेयर बाँडफाँट र  सञ्चारकर्मीहरु सँगको एक विशेष अन्तरक्रियात्मक कार्यक्रममा लघुवित्त संस्था र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक श्री विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गर्नुभएको छ । 


गैर सरकारी लघुवित्त सस्थाको रुपमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले १८  वर्षसम्म ग्रामीण समुदायमा हासिल गरेको लघुवित्तीय अनुभव र वित्तीय कारोवारलाई ग्रहण गर्दै गत २०७४ चैत्र २८  गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट राष्ट्रियस्तरमा  घ वर्गको लघुवित्तीय कारोवार गर्न स्वीकृत प्राप्त गरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला,  कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ । 


लघुवित्त संस्थाको कुल जारी पुँजी २५ करोड ५० लाख मध्ये १७ करोड २१ लाख २५ हजार ८४ जना संस्थापक  शेयरधनीबाट चुक्ता भै सकेकोमा वित्तीय संस्थाको बाँकी पुँजी संकलनको लागि प्रति कित्ता अंकित मुल्य रु.१००।– दरको ८,२८,७५० कित्ता शेयर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४१,४३७ कित्ता तथा निष्कासनकर्ता कम्पनी  लघुवित्त संस्थाका कर्मचारीहरुको लागि छुट्टयाइएको १२,७५० कित्ता समेत) मध्ये ७,७४,५६३ कित्ता शेयर सर्वसाधारणमा मिति २०७८/११/११ गतेदेखि मिति २०७८/११/१५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत् बिक्री खुल्ला गरिएकोमा आवश्यक भन्दा झण्डै ३७ गुणा बढी आवेदन प्राप्त भएको प्राप्त भएको थियो ।

Read More