नेष्डो समृद्धले १०० प्रतिशत लाभांश दिनसक्छ : प्रबन्ध सञ्चालक


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेष्डो समृद्धले १०० प्रतिशत लाभांश दिनसक्छ : प्रबन्ध सञ्चालक

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशतसम्म लाभांश दिनसक्ने संस्थाका प्रबन्ध सञ्चालक विश्व प्रकास प्रसाईँले बताएका छन् ।

मंगलबार आयाेजित सेयर बाँडफाँड तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले भने, "कति दिन्छाैँ भनेर त म बाेल्न मिल्दैन तर हाम्राे क्षमता यति छ भनेर त भन्न मिल्छ नि । हाम्राे अहिलेकाे वित्तीय अवस्था अनुसार हामीले हाम्रा लगानीकर्ताहरूलाई १०० प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता छ ।"

संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड येलो पेगोडा होटल, जमल, काठमाडौँमा सम्पन्न भएकाे हाे ।

Read More