काठमाडौं : नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ७७ हजार ४५३ जनालाई १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल २५ लाख २७ हजार १०१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो । ...




