अन्तरबैंक एटिएम प्रयोग बढ्दो, झण्डै दुई वर्षमा बाहिरियो ४० करोड !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तरबैंक एटिएम प्रयोग बढ्दो, झण्डै दुई वर्षमा बाहिरियो ४० करोड !

नेपालमा पछिल्लो समय एटिएम प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बैंक वित्तहरुहरु डिजिटलाइजेशनको अवधारणा गएसँगै अहिले टोलैपिच्छे बैंकहरुका एटिएम बुथहरु स्थापना हुन थालेका छन् । जसले सेवाग्राहीलाई सहज बनाएको छ । आज घर नजिकै रहेको एटिएमबाट सहज रुपमा सेवाग्राहीले रकम निकाल्न पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ७८ पुससम्म आइपुग्दा एटिएम प्रयोगकर्ताको संख्या १३ करोड ५५ लाख पुगेको छ ।

नेपालमा २१ महिनाको अवधिमा करिब चार करोड ६ लाखपटक अन्तरबैंक एटिएम कारोबार भएको पाइएको छ । यसरी अन्तरबैंकको एटिएम प्रयोगका क्रममा सेवाग्राहीले महिनामा दुईपटक शुल्क तिर्नुपर्दैन । त्यसपछि प्रत्येकपटक २० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

यसरी अन्तरबैंक एटिएमबाट ग्राहकले पैसा निकाल्दा पछिल्लो २१ महिनाको अवधिमा नेपालबाट करिब ४० करोड रुपैयाँ बाहिरिएको छ । फरक बैंकको एटिएम प्रयोग गर्दा प्रत्येक कारोबारबापत १० रुपैयाँ कार्ड निर्माता कम्पनीले पाउँछन् । बैंकका एटिएम प्रयोगकर्ताहरूले २१ महिनामा १३ करोड ५५ लाखपटक एटिएम मेसिनबाट रकम निकालेका छन् । यसमध्ये करिब ३० प्रतिशत एक बैंकको एटिएम अर्को बैंकको मेसिन (अफअस)मा प्रयोग हुने गरेको पाइएको छ ।

Read More
  • MBL - below news