काठमाडौं/ नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ ।
बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा पाईने बैंकले जनाएको छ ।
नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ । प्रयोगकर्ताले यो कार्ड पिओएस (एइक्) वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् ।








