नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो १ बजे जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । ...



