‘माइ पे’ वालेट प्रयोग गर्दा एक लाखको बीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘माइ पे’ वालेट प्रयोग गर्दा एक लाखको बीमा

काठमाडौं: डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको ‘माइ पे’ले नेपालमा पहिलोपटक वालेट प्रयोग गर्दा एक लाख रुपैँयासम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना ल्याएको छ। 

‘माइ पे’का अनुसार ग्राहक महानुभावहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको हो। कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहक महानुभावहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन। 

एक लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि ‘माइ पे’ एप डाउनलोड गरी केवाइसी भेरिफाइड भएको र नेपाली महिनाअनुसार हरेक महिना ‘माइ पे’मार्फत् न्युनतम एक हजारको कारोबार भएको हुनुपर्छ। यसरी मासिक एक हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको एक लाख रुपैँयाको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएसमार्फत् गराइनेछ कम्पनीले प्रस्ट पारेको छ।

Read More
  • MBL - below news