पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गएको छ । कुनै पनि कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै लगानीकर्ताहरू झुम्मिने गरेका छन् । दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपिओप्रति लगानीकर्ताहरूको आकर्षण बढेको हो ।
अनलाइनले गर्दा अहिले आईपिओका लागि निवेदन दिन पहिले जस्तो बैंकमा घण्टौं लाइन लाग्नु पर्ने झण्जट छैन । घरघरबाटै यसको काम गर्न सकिने अवस्था छ । मेरो शेयर मार्फत आवेदन दिँदा पहिले कुनै शुल्क नलाग्ने गरेकोमा अहिले भने सबैजसो बैंकहरुले निश्चित शुल्क लिने गरेका छन् ।
लगानीकर्ताले आईपिओमा आवेदन दिए बापत बैंक तथा वित्तीय संस्थाले फरक फरक शुल्क लिने गरेको पाइएको छ । मोवाइल फोन प्रयोगकर्ताले मेरो शेयरमार्फत आईपिओ भर्ने गरेसँगै बैंकहरुले पनि यसमा शुल्क लिने गरेका हुन् ।








