माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो । 

नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ । 

यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि एक वर्ष रहेको छ । बीमा सुविधाका लागि योग्य प्रयोगकर्तालाई एसएमएसबाट जानकारी दिइनेछ । 

यस बीमा अन्तर्गत दुर्घटना मृत्यु, स्थायी अशक्तता, अस्पतालको उपचार खर्च, आंशिक अशक्तता कभर हुनेछ । बीमा सुविधा पाउन महिनामा माई पेबाट प्रत्येक महिना १ हजार रूपैयाँ कारोबार गर्नुपर्नेछ । यसमा फण्ड लोड, बैंक ट्रान्सफर र वालेट ट्रान्सफर भने जोडिने छैन् ।

यदी तपाईले प्रत्येक महिना १ हजार कारोबार गर्नुभएन भने बीमा सुविधा पाउनु हुने छैन् । मोई पे मोबाइल वालेटबाट टपअप, ल्याण्डलाइन, विद्युत, इन्टरनेट, खानेपानी, टेलिभिजन, खानेपानीको बील तिर्न सकिने छ । ...

Read More
  • MBL - below news