काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गरेको छ । विगत २७ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको सो बैंकले विभिन्न अवसरहरूमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा उक्त शिविर सञ्चालन गरेको हो ।
बैंकले हिन्दुहरूको विशेष पर्व मानिएको महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको छ ।
महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका व्रतालु तथा भक्तजनहरूलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर सञ्चालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए ।






