सूर्या लाइफ इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाइफ इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १८, काठमाडौं । बुधवार नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६ दशमलव ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खाताम आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी, सेञ्चुरी कर्मशियल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Read More
  • MBL - below news