केन्द्रीकृत केवाईसीको परिक्षण सुरु, एक महिनाभित्र पुरै सिस्टम तयार हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
केन्द्रीकृत केवाईसीको परिक्षण सुरु, एक महिनाभित्र पुरै सिस्टम तयार हुने

अबको १ महिना भित्र केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार हुने भएको छ। केन्द्रीय निक्षेप प्रणाली सिडीएससीका अनुसार भेन्डर कम्पनीले प्रारम्भिक सिस्टम तयार पारेर सिडीएससीलाई डेलिभर गरिसकेको छ । 

सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल उक्त सिस्टमको परिक्षण भईरहेको र सुधार गर्नु पर्ने विषयमा कमेन्ट दिएर भेन्डर कम्पनीले सिस्टममा परिमार्जनको काम गरिरहेको छ । सम्झौता अनुसार ६ महिनाभित्रमा स्मपूर्ण काम सकिनु पर्ने भएपनि कोभिडको कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको कारण सहज रुपमा कम गर्न नसकिएकोले १ महिनाको समय थप गरिएको छ । अब १ महिना भित्र कमेन्ट पठाईए अनुसारको परिमार्जन गरेर भेन्डर कम्पनीले सीटम सिडीएसलाई बुझाउने प्रवक्ता न्यौपानेले बताए । सिस्टम तयार भएपछि युएटि अर्थात् युजर एक्सेपटेन्स टेस्टिङ गरिने र त्यसपछि सीकेवाईसी लागु हुने उनले बताए। युएटिको लागि १ महिनाको समय छुट्याईएको उनले बताए ।

Read More
  • MBL - below news