काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया एक कदम अगाडि बढेको छ । दुई बैंकले गरेको मर्जरसम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो । योसँगै दुई बैंकको मर्जरका लागि थप कामहरु अघि बढाउने बाटो खुलेको हो ।
राष्ट्र बैंकले मर्जरसम्बन्धी सैद्धान्तिक स्वीकृति दिँदै ६ महिनाभित्र गाभ्ने गाभिने सबै प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । यसअनुसार अबको ६ महिनाभित्र दुई बैंकबीच एकीकृत कारोबार भइसक्नु पर्नेछ । ...




