सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा 


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा 

सांग्रिला डेभलपमेन्ट बैंकले त्रियुगा नगरपालिका वडा नं.११, बि.पि.चोक, बैंक लाइन, गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो । गाईघाट शाखा कार्यालय संचालनमा आए सँगै बैंकको कुल शाखा संख्या १११ पुगेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सेवा सुविधाहरु दिंदै आएको छ । उक्त शाखाको सञ्चालनबाट यस क्षेत्रका सर्वसाधारणलाई अझ सरल र सहज तरिकाले बैकिङ् सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने जनाएको छ ।

Read More
  • MBL - below news