एभरेष्ट बैंकका ग्राहक र कर्मचारीहरूले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकका ग्राहक र कर्मचारीहरूले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले आगन्तुक रिर्सोटमा विशेष छुट पाउने भएका छन् । बैंक र आगन्तुक रिसोर्टबीच भएको एक सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले छुट पाउने भएका हुन्। 

बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौता सम्बन्धि एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए । 

एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौं ग्राहक आधार छ, जुन उद्योगमा उच्चतम मध्ये एक हो । 

Read More
  • MBL - below news