कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकद्वारा थप ३ वटा स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।  

देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगा न.पा.मा  सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा  अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष्य गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ । 

Read More
  • MBL - below news