युक्रेन-रुस तनाव: दशौँ लाख बिटकोइन युक्रेनलाई सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युक्रेन-रुस तनाव: दशौँ लाख बिटकोइन युक्रेनलाई सहयोग

क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्।

अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्।

अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख अमेरिकी डलर बराबर बिटकोइन सहयोग दिएका छन्।

धेरैले भने ९५ अमेरिकी डलर वरपर चन्दा दिएका छन्।

शनिवार दिउँसो युक्रेन सरकारले आधिकारिक ट्विटरमा लेखेको सन्देश यस्तो थियो: "युक्रेनको नागरिकलाई साथ दिनूस्। अब क्रिप्टोकरेन्सी चन्दा लिन थाल्यौँ।"

सो ट्टिटरमा क्रिप्टोकरेन्सी ठेगाना राखिएको थियो जसमा आठ घण्टामा ५४ लाख अमेरिकी डलर बराबर रकम जम्मा भएको थियो।

युक्रेनी डिजिटल मन्त्रालयले युक्रेनको सशस्त्र सेनालाई सघाउन सहयोग मागिएको बताए पनि त्यो पैसा कसरी खर्च हुन्छ भनेको छैन।

"केही कम्पनीहरूले युक्रेनी सेनालाई सघाउने गरी चन्दा पठाउन असहयोग गरे पनि क्रिप्टोकरेन्सी शक्तिशाली विकल्पको रूपमा देखिएको छ," विज्ञ टम रोबिन्सनले भने।

शुक्रवार चन्दा सहयोगी संस्था प्याटरिअनले कम ब्याक अलाइभ भन्ने युक्रेनी गैरसरकारी संस्थाको चन्दा पाना निलम्बन गरेको थियो। ...

Read More
  • MBL - below news