एन आई सी एशिया लघुवित्तको देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम समपन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एन आई सी एशिया लघुवित्तको देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम समपन्न

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम समपन्न गरेको छ । संस्थाले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यपारी तथा विद्यार्थीहरुलाई लक्ष्ति गरि वित्तीय साक्षरता जनचेतना कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा संस्थाका कर्मचारीहरुले समुदायमा मानिसहरु भेला गरेर, स्थानीय व्यपारीहरुको पसल तथा मानिस जमघट हुने स्थानहरुमा वित्तीय साक्षरताको महत्तव, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्तव, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानिको बिकास, बचतका प्रकार, डिजिटल बैैकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानिको विकास आदिका बारेमा जानकारी गराएका थिए । शनिवार विभिन्न शाखा कार्यालयहरुले देशव्यापी रुपमा गरिएको कार्यक्रममा करिब २ लाख मानिसहरु लाभान्वित भएको संस्थाले जनाएको छ  । 


साथी संगै, सबल बन्दै भन्ने मूल नाराका साथ देश भरिनै सेवा दिई रहेको संस्थाले, उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति  रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । 

Read More
  • MBL - below news