सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । यस बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ । 

बीमाको रकम श्रीमती कमली पन्त ओझाज्यूलाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्काज्यू र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरे ।

Read More
  • MBL - below news