काठमाडौं : नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन आइबार (फागुन १५ गते) साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जनाले ३ करोड १ लाख १३ हजार ७०० कित्ताको लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३८.८७ गुणा बढी हो ।
यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज अन्तिम दिन हो । नेष्डोले फागुन ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो ।




