कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिन्न । नेपालमा इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट लगायतका माध्यमबाट विद्युतीय भुक्तानीहरु हुने गरेका छन् ।
नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरू भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) गरी दुई प्रकारका छन् । भुक्तानी प्रणाली सञ्चालकले विद्युतीय भुक्तानी सम्बन्धी कार्यको सञ्चालन, व्यवस्थापन र संसाधधनको कार्य गर्दछन् । ती संस्थाले समाशोधन गृह, विद्युतीय कार्ड सञ्जाल सञ्चालन र अन्य विद्युतीय (अनलाइन) भुक्तानी सञ्जाल समेत सञ्चालन गर्दछन् ।








