कर्पोरेट पेको कारोबार ५५ अर्ब


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कर्पोरेट पेको कारोबार ५५ अर्ब

काठमाडौं (अस) । कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षमा ५५ अर्बको कारोबार फस्र्योट गरेको छ । बैंक/वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज डिजिटल भुक्तानी गर्न कर्पोरेट पे प्रणाली प्रयोग हुँदै आएको छ । हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा २,६०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भइसकेका छन् ।

प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारको राजस्वलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । पछिल्लो समय प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी थपिएको छ ।

व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित गर्न आवश्यक मल्टिअथोराइजेसन तथा मल्टिपल सिग्नेचराइज्समेतको व्यवस्था छ ।  ...

Read More
  • MBL