नेष्डो समृद्धको आइपीओमा १८ लाख ६९ हजार बढीको आवेदन, आइतबारसम्म भर्न पाइने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेष्डो समृद्धको आइपीओमा १८ लाख ६९ हजार बढीको आवेदन, आइतबारसम्म भर्न पाइने

काठमाडौं  : नेष्डो समृद्ध लघुवित्तको आइपीओमा २ अर्ब १६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार (फागुन १३) गते दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ जनाले २ करोड १६ लाख ६८ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन् । 

 

नेष्डोले बुधबार (फागुन ११ गते) बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । 

 

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

Read More