सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो इ–बैंकिङमार्फत क्युआर भुक्तानी गर्दा क्यास ब्याक दिने भएको छ। यो योजना यहि महिनादेखि २०७९ वैशाखसम्म लागू हुनेछ।
बजारमा सानिमा बैंकका ग्राहकले मचेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबार दुई प्रतिशत वा अधिकतम २० तथा मासिक अधिकतम पाँच सय रुपैयाँसम्म क्यास ब्याक गर्ने बैंकले जनाएको छ। क्यास ब्याक बापतको रकम बैंकले आगामी महिना ग्राहकहरुको खातामा जम्मा गरिदिने बताएको छ।
हाल सानिमा बैंक देशका शाखा देशका सातै प्रदेशमा १२३ वटा छन्। त्यस्तै बैंकका १०३ वटा एटिएम छन्।








