चालु आर्थिक वर्षमा कर्पोरेट-पेको ५५ अर्ब कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चालु आर्थिक वर्षमा कर्पोरेट-पेको ५५ अर्ब कारोबार

कर्पोरेट पे-प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार गरेको छ। बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट-पे प्राणाली प्रयोग हुँदै आएको छ।

हाल ४८ बैंक वित्तिय संस्थाहरुमार्फत् उक्त प्रणाालीमा दुई हजार छ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन्। 

यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ।

पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयलनिगम, भन्सार विभागको प्रज्ञापन पत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ। यस प्रणालीमा एउटै प्लेट्फममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था छ। 

Read More
  • MBL - below news