सानिमा बैंकले गोरखा सदरमुकाममा शाखा संचालनमा ल्याएको छ। बिहीबार एक कार्यक्रमबीच बैंकका एम्बेस्डर वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्।
‘हामीले बैंकको ९५ औँ शाखाको रुपमा गोरखामा सानिमा बैंकको शाखा विस्तार गरेका छौँ’ प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले भने। गोरखाको शक्तिचोकमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। बैंक उद्घाटनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले देशको आर्थिक विकासका लागि बैंक तथा वितिय संस्थाहरुको विस्तार हुनुपर्ने बताए।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मभूमिबाट नै राष्ट्रनिर्माण अभियानको सुरुवात भएको बताउँदै उनले भने ‘सानिमा बैंकले पनि गोरखाबाट सेवा, सुविधा प्रभावकारीका बनाउँदै शाखाहरु विस्तार गर्दै जानुपर्छ।’ अर्का कलाकार हरिवंश आचार्यले गोरखा सम्भावना बोकेको ठाउँ भएकाले यहाँको कृषि, व्यापार व्यवसाय सँगै पर्यटनमा बैंकले राम्रो सँग सेवा दिने बताए।







