काठमाडौं : नेष्डो समृद्ध लघुवित्तको आइपीओमा १ अर्ब ७४ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार (फागुन १२ गते) साँझ ५ः५१ बजेसम्ममा १४ लाख ७६ हजार ३१३ जनाले १ करोड ७४ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् ।
नेष्डोले बुधबार (फागुन ११ गते) बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।




