सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर, मगरागढीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको ११० औं शाखा जयनगर, मगरागढीमा

सांग्रिला डेभलपमेन्ट बैंकले जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं. ६, बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले सो शाखा विहिवार संचालनमा ल्याएको हो ।  जयनगर (मगरागढी) शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पाउने भएका हुन ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ ।  यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री दुर्गा बहादुर थारु (कबिर) तथा यस बैंकका अध्यक्ष श्री अच्यूत प्रसाद प्रसाईले सामुहिक रुपमा गर्नुभएको हो । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको  छ ।

यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।  बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने जनाएको छ ।

Read More
  • MBL - below news