विद्युतीय मेसिनबाट स्थानीय तहको मतदान गर्न कति सम्भव ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युतीय मेसिनबाट स्थानीय तहको मतदान गर्न कति सम्भव ?

 

निर्वाचन आयोगले चुनाव नजिकिँदै गर्दा विद्युतीय मेसिनको प्रयोगलाई प्राथमिकता दिने चर्चा गरे पनि व्यवहारमा भने कार्यान्वयन गर्न सकेको छैन । आसन्न स्थानीय तहको निर्वाचनका लागि आयोगले कागजी मतपत्रमै मतदान गराउने तयारी थालेको छ ।

आयोगले सरकारसमक्ष पुस ९ गते आगामी निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोगको प्रस्ताव गरेको थियो । सबै क्षेत्रमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नगरिए पनि निश्चित पालिकामा मेसिनको प्रयोग गर्ने राजनीतिक दलहरूबीच सहमति भएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।

नेपालमा स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको चुनावमा खसेको कुल मतको ५ प्रतिशतभन्दा बढी मत बदर हुने आयोगले जनाएको छ । मत बदर रोक्न विद्युतीय मतदान नै उपयुक्त हुने विद्युतीय मेसिन प्रयोग सम्बन्धमा गठन गरिएको कार्यदलका एक सदस्य बताउँछन् । 

Read More
  • MBL - below news