नेष्डो समृद्ध लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा पहिलो दिनमै आवेदकको ओइरो

काठमाडौं : नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार (फागुन ११ गते) साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जनाले ७८ लाख ६८ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०.१५ गुणा बढी आवेदन हो । नेष्डोले आज बुधबार (फागुन ११ गते) बाट प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । 

Read More