एनएमबि बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings” ल्याएको छ।
१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन्। एनएमबि बैंकले यो खाता अन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी यस योजना अन्तर्गत बैंकले, एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फण्ड ट्रान्सफर र वार्षिक रु १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउने छ।
यसका अतिरिक्त, बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५% छुट पनि उपलब्ध गराउने जनाएकोे छ । ...








