यसरी सुरक्षित रूपमा प्रयोग गर्नुहोस् मोबाइल बैंकिङ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यसरी सुरक्षित रूपमा प्रयोग गर्नुहोस् मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो भएको कारण मोबाइल बैंकिङमा ग्राहकहरुको आकर्षण बढेको हो ।

व्यवसाय निरन्तरता र सुनिश्चित गर्न डिजिटल बैंकिङ सेवा महत्वपूर्ण हुनेछ । मोबाइल बैंकिङ मार्फत समान किन्न,टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्न लगायत अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै मोबाइल बैंकिङको सुबिधाका कारण आफ्नो खाताको ब्यलेन्स चेक गर्न,कारोबार बारे जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्न लगायत अन्य धेरै भुक्तानीका लागि बैंक सम्म पुगिरहनु पर्ने बाध्यता छैन् ।

बैंक तथा वित्तीय क्षेत्र आधुनिक बन्दै जाँदा जति त्यसले सहजता ल्याएको छ, त्यति नै जोखिम र चुनौती पनि बढाएको छ ।

सिस्टम ह्याक, एटिएमबाट फर्ड, मोबाइल तथा इन्टरनेटबाट पैसा स्थानान्तरण तथा चोरीलगायत थुप्रै साइबर हमला भइरहेको छ । यसैले आज हामी मोबाइल बैंकिङ एप प्रयोगकर्ताका लागी केही टिप्स लिएर आएका छौँ ।

१ आफ्नो निजी पीन कसै सँग पनि सेयर नगर्ने 

२ बेनीफिसियरी नम्बर,अमाउन्ट, रिसीभर डिटेल जस्ता ट्रान्जयाक्सनको विवरणहरुलाई कन्फर्म गर्ने 

३ समयसमयमा  पीन नम्बर पनि परिवर्तित गर्नुपर्छ ।

४. आधिकारिक मोबााइल बैंकिङ एप मात्रै प्रयोग गर्ने, एन्ड्रोइड भएमा गूगल प्ले स्टोरको एप प्रयोग गर्ने र आइओएसका लागि एप्पल स्टोरबाट मात्रै एप डाउनलोड गर्ने,

५. आफ्नो मोबाइल अपरेटिङ सिस्टमलाई केही समयको अन्तरालमा अपडेट गरिरहनुपर्छ । 

६. मोबाइलको सफ्टवेयरलाई पनि अपडेट गरिरहनुपर्छ । एप निर्माताहरुले सुरक्षाका लागि अपडेटहरु ल्याइरहने गर्दछन् र यसको प्रयोग राम्ररी गर्नुपर्छ । 

७ साझा रुपमा जोडिने वाईफाई कनेक्सन र ब्लुटूथलाई डिसेबल गर्नुपर्छ । आफ्नो वाईफाई डब्लुपीएटूले सुरक्षित छ की छैन् भनेर पनि जाँच गर्नुपर्छ ।

८ आफ्नो स्मार्टफोनमा कहिले पनि पीन सेभ गर्नुहुँदैन् । फोन चोरी भएमा या म्यालवेयरले संक्रमित भएमा साइबर आक्रमणको जोखिम अझै बढन सक्छ ।  ...

Read More
  • MBL - below news