इमर्जिङ्ग नेपाल लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर सूचीकरण प्रकृया शुरू भएकाे छ। दुबै कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर बाँडफाँट पछि सूचीकरण प्रकृया अघि बढाएका हुन्।
इमर्जिङ्ग नेपालको शेयर सूचीकरणको लागि आवश्यक डकुमेन्ट सिडिएससीमा बुझाउने तयारी भइरहेको कम्पनीको आरटिएस एनआईसी एशिया क्यापिटलले जनाएको छ।
‘हामीले सूचीकरणको सबै प्रकृया सकेका छौं। आजै हामीले आवश्यक डकुमेन्ट सिडिएससीमा पेश गर्दैछौं,’एनआईसी एशिया क्यापिटल स्रोतले भने। सिडिएससी र नेप्सेबाट काम सकिएपछि कम्पनीको शेयर छिट्टै सूचीकृत हुने छ।
यस्तै,जाल्पा सामुदायिक लघुवित्तले भने शेयर सूचीकरण प्रकृया अघि बढाउन आरटिएस नियुक्त गर्ने तयारी गरिरहेको छ। कम्पनीले आरटिएस नियुक्त गरेपछि शेयर सूचीकरण प्रकृया अघि बढ्ने छ।
इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म कुल ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्तामध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।
सर्वसाधारणको लागि निष्काशनमा ल्याएको उक्त शेयर फागुन ४ गते बाँडफाँट भएको थियो।








