फागुन ९, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो । कुल कित्तामध्ये १२ हजार ७५० कित्ता कर्मचारीहरुको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलोमा फागुन २५ गतेसम्म रहेको छ । यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।




