८ फागुन, काठमाडौं। प्रहरीले ईसेवामा बोनस रकम आउँछ भनी ठगी गरेको आरोपमा दुई जनाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-२ रौतहट घर भई हाल वीरगञ्ज बस्दै आएका सुभम साह र महागढी नगरपालिका-१० घर भई हाल वीरगञ्ज बस्दै आएका सर्फराज आलम रहेका छन् ।
उनीहरुले आफूहरु ईसेवाको कर्मचारी भएको र आफ्नै ईसेवामा ५० हजार जम्मा गरेमा २ हजार ५०० बोनस पाइन्छ भन्दै पीडितको ईसेवाको आइडी र ओटीपी लिएर बैंकमा पहुँच पुर्याइ ७ लाख २७ हजार ३०० रकम निकालेको प्रहरीको दाबी छ ।...








