भन्सार विभागमा ईपेमेन्टबाट पहिलो महिनमा नै ७.४ अर्बको कारोबार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भन्सार विभागमा ईपेमेन्टबाट पहिलो महिनमा नै ७.४ अर्बको कारोबार

नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था १ पौष २०७८ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी १२ माघ २०७८ मा माननिय अर्थ मन्त्रिबाट औपचारीक उद्घाटन गरी देशभरीका सबै भंसार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो ।

 

यसरी भंसार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल (NCHL) तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युत्तिय माध्यमबाट संकलनको सुरुवात भएसँगै ईपेमेन्ट मार्फत विद्युत्तिय राजस्व संकलनमा उल्लेख्य बृद्धि हुनुकासाथै आयतकर्ताहरुलाई पनि भुक्तानी गर्न सहज हुने विश्वास गरिएकाे छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाईममा ३.४ अर्ब रूपैयाँ र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा ४ अर्ब रूपैयाँ बराबरको संकलन भएको छ । भुक्तानी गर्नका निम्ती भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणाली (ASYCUDA) बाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिलागरी अनलाइन भुक्तानी गर्न सक्दछन् । यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ ।

Read More
  • MBL - below news