क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट

एजेन्सी । शनिबार साताको अन्तिम दिन प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य  ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ ।

इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । यो १६,३२१ रुपैयाँले घटेर ३.५२ लाखमा आएको छ । 

विश्वको सबैभन्दा ठूलो र सबैभन्दा मनपर्ने क्रिप्टो बिटक्वाइनको मूल्य १० नोभेम्बर २०२१ मा ८३ लाख रुपैयाँ नाघेको थियो । तर अहिले ५०.६२ लाखमा झरेको छ । अर्थात् यो हालसम्मकै उच्चबाट ३९ प्रतिशत मात्र तल झरेको छ ।

Read More
  • MBL - below news