सबैको लघुवित्तले सप्तरीस्थित तोपाबजार शाखाको आयोजनामा सप्तरी जिल्ला राजविराज नगरपालिका १४ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका सदस्य, सदस्यका छोराछोरीहरु तथा वृद्धवृद्धाहरुको सहभागितामा एक दिने “वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको हो ।
कार्यक्रममा आयआर्जन गर्ने तौरतरिका, स्वावलम्वी हुने तरिका, उद्यमी बन्ने तरिका, बचत गर्ने तरिका, कर्जा तथा बचतका फाइदाहरु, कर्जा सदुपयोगिता गर्दा हुने फाईदाहरु, बालबालिकालाई शिक्षादिक्षाको लागि उत्प्रेरणा, वित्तीय सुशासन, सचेतनामूलक जानकारी, सरसफाई आदि बारेमा जानकारी दिईएको थियो ।







