काठमाडौँ / नबिल बैंक लिमिटेड र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रर्द्धनमा सहकार्य गर्ने उद्देश्यले बैंकले कम्युनिटी होमस्टे नेटवर्कसँग उक्त सम्झौता गरेको हो ।
कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्य रहेको बताए ।




