राष्ट्र बैंकको अनुमति लिई लघुवित्तले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न सक्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकको अनुमति लिई लघुवित्तले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न सक्ने

लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको अनुमति लिई अब विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न सक्ने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको समीक्षाको समीक्षामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैँकबाट अनुमति लिई विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, यस बैँकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले सहकारी संस्थाका ग्राहक सदस्यलाई सरकारी राजस्व भुक्तानी र utility payment प्रयोजनका लागि सहकारी संस्था मर्चेन्टको रुपमा आफ्नो प्रणालीमा आवद्ध गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।’

Read More
  • MBL - below news