नक्कली नोट कसरी चिन्ने ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नक्कली नोट कसरी चिन्ने ?

बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ ।

राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ । राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ । नक्कली नोटको फन्दाबाट जोगिन होस पुर्‍याउनुपर्ने बताउँदै राष्ट्र बैंकले ठूला दरका नोट कसरी सक्कली नक्कली छुट्याउने भनेर जानकारी समेत दिएको छ । राष्ट्र बैंकले एक सय, पाँच सय र एक हजार रुपैयाँ दरका नोटहरु नक्कली भेटिन सक्ने भन्दै यसलाई कसरी छुट्याउने भनेर पठाएको छ ।

कसरी चिन्ने नक्कली नोट ?

पानीछाप (वाटरमार्क) : नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागो : सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

...

Read More
  • MBL - below news