सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता भएको छ। दुई संस्थाबीच ओम्नी च्यानल प्लेटफर्म सुरू गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरूलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्तक्षर गरिएको हो।
उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्।
बैंकले मोबाइल बैकिङ सुविधालाई अझ बढी सबल र सुदृढ बनाई ग्राहकहरूको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो। अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरूको उपयोग गरी सहज तथा सरल ढंगबाट आफूलाई आवश्यक वित्तीय सेवा उपभोग गर्न सक्नेछन्।







