नबिल बैंकद्वारा सोवा हेल्थ केयरसँग सम्झौता : बैंकका ग्राहक र कर्मचारीहरूले अस्पतालका सेवा, सुविधाहरूमा विशेष छुट पाउने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकद्वारा सोवा हेल्थ केयरसँग सम्झौता : बैंकका ग्राहक र कर्मचारीहरूले अस्पतालका सेवा, सुविधाहरूमा  विशेष छुट पाउने

काठमाडौँ / नबिल बैंक लिमिटेडले सोवा हेल्थ केयरसँग एक सम्झौता गरेको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई अस्पतालका बिभिन्न सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने उक्त साझेदारी भएको हो । 


नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरूले यस साझेदारीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ । 

यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

Read More