विद्युतीय सवारीसाधनको बिक्री एक वर्षमै १०९% बढ्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युतीय सवारीसाधनको बिक्री एक वर्षमै १०९% बढ्यो

काठमाडौं : विश्वभर विद्युतीय सवारीसाधन (इभी) को बिक्रीमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ मा मात्र विश्वभर ६५ लाख वटा विद्युतीय सवारीसाधनको बिक्री भएको एक तथ्यांकले देखाएको छ । बजार अनुसन्धान गर्ने कम्पनी ‘क्यानलिस’ का अनुसार सन् २०२० को तुलनामा इभीको बिक्री १०९% ले वृद्धि भएको हो । टेस्लाले मात्र विश्व इभी बजारको १४% हिस्सा ओगटेको छ । जुन सबैभन्दा धेरै हो ।

 

बिक्री भएका कुल विद्युतीय सवारीसाधनमध्ये ८५% चीन र युरोपका ग्राहकहरुले खरिद गरेको तथ्यांकले देखाएको छ । यता, अमेरिकामा भने माग बढ्दै गएपनि सन् २०२१ मा बिक्री भएका सबै कारहरुको ४% हिस्सा मात्र विद्युतीय कारले ओगटेका थिए । करिब ५ लाख ३५ हजार युनिट मात्र विद्युतीय कार बिक्री भएका हुन् । 

Read More
  • MBL - below news