नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना' ल्याएको छ। यस योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू. १,००,०००÷–(एक लाख) देखि अधिकतम बीमाङ्क रकम रू. १०,०००,०००÷–(एक करोड) सम्मको बीमा गर्न सकिने छ ।







