पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार, एटिएमबाट ६९ अर्ब निकालियो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार, एटिएमबाट ६९ अर्ब निकालियो

पुस महिनामा कनेक्ट आईपीएस मार्फत करिब साढे २ खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार भएको हो । मङ्सिर  महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब २८ अर्बको कारोबार भएको थियो । 

राष्ट्र बैंकका अनुसार पुस महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ६४ हजार पुगेका छन् । मङ्मसिर हिनामा यो संख्यामा ७ लाख ४० हजार थियो । 

त्यस्तै पुसमा वालेटमार्फत १६ अर्ब २७ करोडको कारोबार भएको छ । मङ्मसिर महिनामा यो रकम १५ अर्ब ५२ करोड रहेको थियो । क्युआर कोड मार्फत भने पुसमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । मङ्सिरमा क्युआर कोड मार्फत भएको कारोबार ६ अर्ब २८ करोड कारोबार भएको थियो ।

Read More
  • MBL - below news